२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

‘राहतका लागि सरकारसँग सहकार्य गर्न सधै तत्पर छौं’

बिहिवार , भाद्र ११, २०८३

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ११ भदौ । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले भदौ १० गते बिहान नेपाल–चीन सीमा क्षेत्र रसुवाको केरुङ–टिमुरे नजिकै रहेको तीनको तिब्बती भु–भुभागबाट आएको विनाशकारी बाढीका कारण भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःद व्यक्त गरेको छ । महासंघ लुम्बिनी प्रदेशले यस अकल्पनीय र दुःखद घटनाले सम्पूर्ण निजी क्षेत्र र उद्योगी–व्यवसायीहरुलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।

    महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बाढीमा परी सयौं नागरिकहरु बेपत्ता भएको र उद्योगी–व्यवसायीहरुले पनि क्षति व्यहोर्नुपरेको यस कठिन घडीमा महासंघ, गृह मन्त्रालय, सुरक्षा निकाय तथा राज्यका सम्पूर्ण सरोकारवाला निकायहरुलाई तत्काल प्रभावकारी उद्वार र राहत कार्यमा जुट्न माग गर्नुभएको छ ।

    ‘यस प्राकृतिक विपत्तिमा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै नेउवा महासंघ लुम्बिनी प्रदेश उहाँहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग अपील गर्दछौं, ’अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

    साथै बेपत्ता नागरिकहरुको खोजी कार्यलाई तीव्रता प्रदान गर्न र जनशक्ति परिचालन गर्न समेत उहाँले अनुरोध गर्नुभयो । बाढीको जोखिम अझै कायमै रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत नदी तटीय क्षेत्रका उद्योगी-व्यवसायी र आम जनसमुदायलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन समेत उहाँले अनुरोध गर्नुभयो ।

    विपद्को यो समयमा राहत र समन्वयका लागि नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको उहाँले बताउनुभयो । महासंघ लुम्बिनी प्रदेशले संकटको घडीमा स्थानीयस्तरमा खोज, उद्वार र विपद् प्रतिकार्यमा जुट्न सम्पूर्ण निजी क्षेत्र र आम नागरिकहरुमा अपील गरेको छ ।

    c87fe358-b9e1-4956-a301-dd937a2e4f1d.jpg