२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

मानवीय सेवामा सहयोग गर्न रेडक्रस रुपन्देहीको अनुरोध

बिहिवार , भाद्र ११, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ११ भदौ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले रेडक्रस सोसाइटी अन्तर्गतका सम्पूर्ण पदाधिकारी तथा स्वयंसेवकहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ । आफू नजिकका विपद् प्रभावित स्थानहरुमा आवश्यकता अनुसार तत्काल पुगेर उद्वार, राहत, प्राथमिक उपचार, सूचना तथा समन्वयलगायतका मानवीय सेवामा सहयोग गर्न अनुरोध गरेको हो ।

    रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले रेडक्रसका सम्पूर्ण पदाधिकारी, स्वयंसेवक, सामाजिक संघ–संस्था तथा सरोकारवाला निकायहरुलाई आपसी समन्वय र सहकार्य गर्दै आवश्यकताअनुसार विपद् प्रतिकार्य तथा मानवीय सेवामा गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नु अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो–‘हामी सबैको सानो सहयोगले कसैको जीवन बचाउने ठूलो आधार बन्न सक्छ ।’

    रसुवा जिल्लामा बुधबार बिहानदेखि आएको बाढी तथा प्राकृतिक विपत्तिका कारण जनधनमा क्षति पुगेको र देश यतिबेला गम्भिर विपद्को अवस्थाबाट गुज्रिरहेको भन्दै रेडक्रस रुपन्देहीले चिन्ता व्यक्त गरेको छ । यस विपत्तिका क्रममा घाइते तथा बिरामीहरुको उपचारका लागि आवश्यकता अनुसार रगत तथा रक्तजन्य पदार्थको माग बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले जिल्लाभरका सम्पूर्ण स्वस्थ तथा योग्य रक्तदाताहरुले सम्बन्धित रक्त सञ्चार केन्द्रसँग समन्वय गरी आवश्यकता अनुसार तत्काल रक्तदान गर्न तत्पर अवस्थामा रहन समेत अपील गरेको छ ।

    विपद्को यस परिस्थितिमा मानवताको सेवामा रेडक्रस भन्ने मूल भावनाका साथ सम्पूर्ण पदाधिकारी, स्वयंसेवक, रक्तदाता, उपशाखा, पालिका शाखा तथा सरोकारवाला निकायहरुलाई एकजुट भइ सक्रिय रुपमा मानवीय सेवामा परिचालित हुन नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा विपद् व्यवस्थापन समितिका श्रोतव्यक्ति महेन्द्र कुमार श्रेष्ठले आह्वान गर्नुभएको छ ।

    a23a64bb-361a-4ae9-b048-8179f68e2bdb.jpg