बुधवार , भाद्र १०, २०८३
रसुवा,१० भदौ । रसुवा जिल्लाको टिमुरे र स्याप्रुबेँसी आसपासका क्षेत्रमा ठूलो बाढी आएको छ ।
बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । सरकारले सम्भावित क्षति न्युनिकरणका लागि उद्धार तथा राहतका सम्पूर्ण संयन्त्रहरूलाई तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न सरोकारवाला निकायहरूलाई निर्देशित गरेको हो ।
विशेष गरी रसुवा र नुवाकोट जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष शतर्कता अपनाउन अनुरोध गरिएको छ । नदी किनार, पहिरोको जोखिम भएका स्थानहरूमा नजान र अत्यावश्यक बाहेकका यात्रा नगर्न समेत सचेत गराइएको छ ।
स्थानीय प्रशासन र आधिकारिक निकायहरूबाट जारी हुने सूचना र चेतावनीको पूर्ण पालना गर्न नागरिकहरूमा अपिल गरिएको छ । तिब्बततर्फबाट ठूलो बाढी आएको बताइएको छ । भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई शतर्कता अपनाउन आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij