मंगलवार , भाद्र ९, २०८३
भैरहवा, ९ भदौ । रुपन्देहीको मायादेवी गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा मंगलबार शिविर भएको हो ।
शिविर ३१५ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ६५ जना मोतीयाबिन्दुका बिरामीलाई आँखा अस्पतालमा शल्यक्रियाका लागि पठाइएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताउनुभयो ।
नेत्र अधिकृत संजीव अधिकारी नेतृत्वको टोलीले स्थानीयको आँखा परीक्षण गरेको थियो । गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भाष्कर आत्रेयले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij