२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले सोध्यो २४ घण्टे स्पष्टीकरण

मंगलवार , भाद्र ९, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, ९ भदौ । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश सभाका आफ्ना तीन सांसदलाई पुनः स्पष्टीकरण सोधेको छ । पार्टी महासचिव डा. सुरेन्द्र कुमार झाले मंगलबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३(१) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेय, लुम्बिनी प्रदेश सभा सदस्य हेमा वेल्वासे (के.सी.) र बाँके निर्वाचन क्षेत्र नम्बर २(१) का प्रदेश सभा सदस्य भण्डारी लाल अहिरसँग पुनः स्पष्टीकरण माग गर्नुभएको हो ।

    अहिलेको लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगर्ने पार्टीको निर्णयविपरीत सरकारको पक्षमा मतदान गरी अनुशासन उल्लंघन गरेकोले २४ घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न पत्रमार्फत भनिएको छ ।

    यसअघि प्राप्त स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने तथा उठाइएका प्रश्नहरूको चित्तबुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएको जसपा नेपालले जनाएको छ । तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा स्पष्टीकरण चित्तबुझ्दो र सन्तोषजनक नभएमा पार्टी विधान तथा प्रचलित निर्णयअनुसार अनुशासनात्मक कारवाहीको प्रक्रिया अघि बढाउने चेतावनी जसपा नेपालले दिएको छ ।

    पार्टी निर्णयको अवज्ञा गरेको विषयमा अनुशासनात्मक कारवाही किन नगर्ने, पार्टी निर्णय प्रतिकूल हुने गरी सदस्यले कार्य गर्न मिल्ने/नमिल्नेबारे स्पष्ट धारणा र उक्त कार्यलाई पार्टी विधानअनुसार कसरी लिनुपर्ने हो सोबारे २४ घण्टाभित्र केन्द्रीय कार्यालयमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

    साथै, पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको व्यहोरासमेत स्मरण गराइएको छ ।

    784328079_1034457899481760_9044871351199359123_n.jpg
    undefined