२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

बाउन्नकोटी सामुदायिक वनले विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाउँदै

मंगलवार , भाद्र ९, २०८३

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा । रुपन्देहीको बाँउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सव–२०८३ विविध कार्यक्रमसहित मनाउने भएको छ। वन उपभोक्ता समूहले आज पत्रकार सम्मेलन गर्दै विभिन्न ९ वटा कार्यक्रम गर्दै रजत महोत्सव गर्ने जनाएको छ । 

    महोत्सवअन्तर्गत वृक्षारोपण, सामुदायिक वनसम्बन्धी अन्तरक्रिया, आँखा शिविर, साइकल दौड, वक्तृत्वकला, अनाथ आश्रममा खाना खुवाउने कार्यक्रमदेखि तीजगीत प्रतियोगिता तथा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक श्याम बस्यालले जानकारी दिनुभयो । 

    WhatsApp Image 2026-08-25 at 2.20.50 PM.jpeg

    तिलोत्तमा नगरपालिकाका ४ वटा वडा, ओमसतिया गाउँपालिकाका २ वटा वडा र सियारी गाउँपालिकाको एउटा वडाभित्र पर्ने उक्त सामुदायिक वन पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै गएको छ । उक्त सामुदायिक वनभित्र प्राचिन बाहुन्नकोटी सिद्ध मन्दिर, नन्द भाउजु ताल, पिकनिक स्पोट रहेको छ । 

    WhatsApp Image 2026-08-25 at 2.20.51 PM.jpeg

    कार्यक्रमअनुसार असोज १० गते बिहान ८ बजेदेखि वृक्षारोपण, असोज १४ गते बिहान ११ः३० बजे अन्तरक्रिया र असोज १६ गते बिहान ७ बजे आँखा शिविर सञ्चालन हुने कार्यक्रम तय भएको अध्यक्ष ताराबहादुर छन्त्यालले जानकारी दिनुभयो। 

    त्यस्तै असोज २० गते बिहान ८ बजे साइकल दौड, २१ गते बिहान ११ बजे वक्तृत्वकला प्रतियोगिता, २४ गते साँझ ४ बजे अनाथ आश्रममा खाना खुवाउने, २५ गते बिहान ११ बजे तीजगीत प्रतियोगिता र २६ गते बिहान १० बजे भलिबल प्रतियोगिता आयोजना गरिने अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । मूल समारोह कार्यक्रम २०८३ असोज ४ गते आयोजना हुने तय गरिएको छ । 

    सामुदायिक वनको संरक्षण, वातावरणीय सचेतना, सामाजिक उत्तरदायित्व तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सचिव दुर्गि रानाले जानकारी दिनुभयो ।