२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

मंगलवार , भाद्र ९, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । 

    मंगलवार बसेको सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । 

    प्रश्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति माग्नुभएको थियो । तत्पश्चात, राष्ट्रिय सभाका अध्यक्षले उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुभएकोमा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गरियो । राष्ट्रिय सभाको अर्को बैठक आगामी २०८३ साल भदौ १६ गते मंगलवार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ ।