२०८३, भाद्र २३ गते

Sep 08 2026 | २०८३, भाद्र २३ गते

सेजको ऐन संशोधन गरी उद्योगमैत्री बनाउन सांसद अग्रवालको आग्रह

सोमवार , भाद्र ८, २०८३

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा । विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योग विस्थापित हुँदा भौतिक संरचना अर्को उद्योगलाई दिइने व्यवस्था मिलाउन सांसद पुनम अग्रवालको आग्रह गर्नुभएको छ । संघीय संसदमा बोल्दै सांसद अग्रवालले करोडौ खर्चिएर सेजमा संरचना निर्माण गरी उद्योग सञ्चालन गर्न खोज्दै गर्दा बिविध कारणले उद्योग बाहिरिनु पर्दा भौतिक संरचना विक्री गर्न पाउनुपर्नेमा जोड दिनुभयो । 

    सांसद अग्रवालले भन्नुभयो–‘सेजको नीतिगत उल्झनका कारण सेजबाट बाहिरिन चाहेका उद्योगले करोडौं रुपैया लगानी गरेर बनाएका भौतिक संरचना एक वर्षभित्र भत्काउनुपर्ने प्रावधान छ, यसले उद्योगीलाई थप आर्थिक भार पार्छ, त्यसैले भौतिक संरचना बिक्री गरेर हट्न पाउनुपर्ने कुरालाई ग्यारेण्टी गर्न सम्बन्धीत मन्त्रालयलाई आग्रह गर्दछु ।’

    भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा अहिले पञ्चकन्या समूह अन्तरगतको पञ्चकन्या एस.एस. एक्सपोर्ट प्रा.लि.ले सेजको नीतिगत उल्झनका कारण ३ करोड बढी लगानी लगाएको भौतिक संरचना भत्काएर कवाडको भाउमा विक्री गर्नुपर्ने बाध्यात्मक परिस्थितिको सामान गर्ने चरणमा पुगेको छ । 

    स्टीलका ट्यांकी उत्पादन गर्दै आएको पञ्चकन्या एस.एस. एक्सपोर्टले तत्कालिन समयमा भारत सरकारले स्टील आयातमा रोक लगाएपछि सेजबाट बाहिर निस्कने निर्णय गरेको थियो । पञ्चकन्या समूहले केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै निर्माण भएको संरचना विक्री गर्न पाउनुपर्ने माग गरेको थियो ।