सोमवार , भाद्र ८, २०८३
भैरहवा, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको जिल्ला अधिवेशन यही भदौ १४ गते भैरहवामा हुँदैछ । अधिवेशनको तयारी तीव्र पारिएको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला अध्यक्ष सागर प्रताप राणालाई समन्वय समिति संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै अर्थ व्यवस्थापन समिति संयोजकमा शिव हरि शर्मा, सूचना तथा सञ्चार व्यवस्थापन समिति संयोजकमा अजय कुमार गुप्ता र हल, मञ्च तथा जलपान व्यवस्थापन समिति संयोजकमा आशिष कुमार चौधरी रहनुभएको छ ।
त्यसै गरी स्वागत तथा सत्कार व्यवस्थापन समिति संयोजकमा मिना देवी रिमाल, जनपरिचालन समिति संयोजकमा कृष्ण प्रसाद अर्याल र स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन समिति संयोजकमा शाहरुख पठान रहनुभएको राप्रपाका नेता अजय कुमार गुप्ताले बताउनुभयो ।
राप्रपा रुपन्देहीले जिल्ला अधिवेशनका लागि निर्वाचन कार्यक्रम (तालिका) पनि सार्वजनिक गरिसकेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij