२०८२, कार्तिक २० गते

Nov 06 2025 | २०८२, कार्तिक २० गते

जसपा तत्काल सरकारमा सहभागि नहुने

मंगलवार , जेठ ४, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौं, ४ जेठ ।

    विगतदेखि नै राख्दै आएका आफ्ना मागहरु पुरा हुने छाँटकाँट नदेखेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) तत्काल सरकारमा सहभागि नहुने भएको छ । जसपा सरकारमा सहभागी हुने वा नहुने सम्बन्धमा व्यापक तर्क–विर्तक एवं अड्कलबाजीहरु भइरहेको बेला तत्काल सरकारमा सहभागि नहुने जसपाले स्पष्ट पारेको हो ।

    आज जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा विज्ञप्ती नै निकालेर तत्काल सरकारमा सहभागि नहुने र प्रतिपक्षमै बस्ने निर्णय भएको जानकारी गराएका छन् । अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त रुपमा ८ बुँदे विज्ञप्ती जारी गर्दै भनेका छन–जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने जानकारी गराउछौं ।’ 
    साथै पार्टीको नीति र निर्णय यथाावत कायम रहने समेत अध्यक्षद्वयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    आन्तरिक विवादका कारण लामो समय अनिर्णयको बन्दी बनेको आरोप लागेको जसपाले प्रतिपक्षमा रहेर अव कस्तो भुमिका निर्वाह गर्छ भन्ने कुरा महत्वका साथ हेरिएको छ । smdnfhashf.JPG