मंगलवार , भाद्र २, २०८३
भैरहवा, २ भदौ । अग्रगामी मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म आफ्ना कुनै घटक दल प्रदेश सरकारहरुमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको मोर्चाको बैठकले लुम्बिनी प्रदेश सभामा जसपा नेपालका सांसदहरूलाई सरकारको पक्षमा मतदान गराउने कार्यप्रति पनि मोर्चाले विरोध जनाएको छ । मोर्चाले यस्तो कार्य संसदीय व्यवस्था, लोकतान्त्रिक प्रणालीको मान्यताविपरीत रहेको भन्दै आपत्ति जनाएको हो । बैठकपछि जारी विज्ञप्तिमा उक्त कदमलाई अनैतिक र असंसदीय भन्दै तत्काल सच्याउन आग्रह गरिएको छ ।
बैठकले आगामी प्रदेश निर्वाचनसम्म मोर्चामा आबद्ध कुनै पनि दल प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको मोर्चाका प्रवक्ता डा.चन्द्रकान्त राउतले बताउनुभयो । अग्रगामी मोर्चामा जसपा नेपाल, आम जनता पार्टी (आजपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगायतका राजनीतिक दलहरू आबद्ध छन् ।

© 2026 All right reserved to khabarpatro.com | Site By : sobij