२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

लुम्बिनी प्रदेश : एमाले संसदीय कार्यालयमा सांसदहरूको भेला

सोमवार , भाद्र १, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • दाङ, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू नेकपा (एमाले) को संसदीय कार्यालयमा भेला भएका छन् ।

    एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्यूनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका सांसदहरू एमाले कार्यालयमा जुटेर सामूहिक रूपमा प्रदेश सभा बैठकमा जाने तयारी गरेका हुन् । सांसदहरूको उपस्थितिसँगै मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत जुटेको बताइएको छ ।

    नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । सरकारलाई विश्वासको मत दिलाउन एमालेसहित सरकारमा सहभागी दलहरूबीच यसअघि नै आवश्यक समन्वय गरिएको थियो ।

    WhatsApp Image 2026-08-17 at 12.47.56 PM.jpeg

    एमाले कार्यालयमा भएको छलफलमा प्रदेश सभा बैठकमा सरकारको पक्षमा मतदान गर्ने विषयमा सांसदहरूबीच सहमति भएको छ ।