सोमवार , भाद्र १, २०८३
भैरहवा, १ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि फिर्ता लिएको जानकारी दिनुभयो ।
महासचिव डा.झाले जसपा नेपालका प्रदेश सभा सदस्यहरुलाई विश्वासको मतको विपक्षमा मतदान गर्न पनि निर्देशन दिनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij