२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

ओमानमा रास्वपाको प्रवास नेपाली सम्पर्क विभागको प्रथम अधिवेशन सम्पन्न

आइतवार , श्रावण ३१, २०८३

  • 25
    Shares
  • 25
    Shares
  • ओमान, ३१ साउन । ओमानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पदमलाल आलेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । यससँगै रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग, ओमान औपचारिक रूपमा स्थापना भइ आफ्नो संगठनात्मक यात्रा सुरु गरेको छ ।

    भजन–कीर्तन कार्यक्रमबाट सुरु भएको उक्त अधिवेशनको सञ्चालन कृष्ण भुसाल व्यासीले गर्नुभएको थियो  । पदमलाल आलेको सभापतित्व तथा नेपाली राजदूतावासका कार्यवाहक राजदूत विशेष कुमार साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको शालिकराम आचार्यले बताउनुभयो ।

    गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्का तथा ओमानमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको पनि आतिथ्यता रहेको हाल ओमानमा रहेका गणेश खनालले बताउनुभयो । 

    प्रवास प्रमुख पदमराज पन्थी तथा विभिन्न देशका प्रवास विभाग प्रमुखहरूले भर्चुअल माध्यमबाट शुभकामना सन्देश पठाउनुभएको आयोजकले जनाएका छन् । यसले प्रवास विभाग ओमानलाई थप उर्जा दिएको महासचिव कृष्ण भुसाल व्यासीले बताउनुभयो ।

    9713daca-eb1c-4d97-9137-40899f381abf.jpg

    कार्यक्रममा सहभागीहरुले ओमानमा आइपर्ने समस्या समाधानका लागि हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।