२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

तीनसय वटा फलफूलको विरुवा रोपियो

आइतवार , श्रावण ३१, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • भैरहवा, ३१ साउन । लुम्बिनी वल्र्ड पिस फोरम र इनरव्हील क्लब अफ कान्तिपुरले नेपालका दुई स्थानहरुमा तीन सय वटा फलफूल विरुवा  गरेका छन् । ‘१० लाख वृक्षारोपण तथा  संरक्षण अभियान’ अन्तर्गत सञ्चालित संयुक्त वृक्षारोपण कार्यक्रमको उद्देश्य स्थानीय जैविक विविधताको प्रवद्र्धन, भू–क्षय नियन्त्रण तथा फलफूलका विरुवामार्फत स्थानीय समुदायको जीविकोपार्जनमा दीर्घकालीन सहयोग पुर्याउनु रहेको लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक अध्यक्ष बासु गौतमले बताउनुभयो ।

    दुईदिने अभियान अन्तर्गत पहिलो दिन शनिबार (हिजो) टोखा नगरपालिका–२ (चण्डेश्वरी) मा ५० वटा टिमुर र ५० वटा अम्बा गरी १०० वटा फलफूलका बिरुवा रोपिएको थियो। आइतबार (आज) पोखरा महानगरपालिका–२३ (बरङ्दी) मा २ सय वटा म्याकाडामिया नटका बिरुवा रोपिएको छ ।

    पोखरामा आयोजित कार्यक्रममा आध्यात्मिक गुरु योगी विकासानन्द, कृषि, वन तथा वातावरण मन्त्रालयका दीपक अधिकारी, लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक अध्यक्ष बासु गौतम तथा इनरव्हील क्लब अफ कान्तिपुरका पदाधिकारी एवं प्रतिनिधिहरूको सहभागीता थियो ।