
मंगलवार , जेठ ४, २०७८
भैरहवा, ४ जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का युवा नेता उमेश अग्रहरीले आफ्नो क्षमताले भ्याएसम्म जनता र पार्टीप्रति इमानदार रहि काम गरिरहेको बताएका छन् । उनले पार्टीको हकहित र विधान अनुसार नै काम गरेको दावी गरेका छन् । पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि चार जना मन्त्रीहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागि किन भएको भन्दै जसपा जिल्ला समन्वय समिति रुपन्देहीले अग्रहरीलाई आइतबार स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण जसपा सिद्धार्थनगर कमिटी अग्रहरीले भनेका छन्, ‘विश्वब्यापी फैलिएको यो कोभिड–१९ भाइरस को महामारीको बेला जनताको हकहितमा रही माननीय मन्त्रीको साथमा अग्रपंक्तिमा रही जनतालाई सहयोग गर्दा र कसैको मनोबल उच्च राख्नलाई सामाजिक सञ्जालमा धन्यवाद दिदा पार्टीबाट स्पष्टीकरण माग्नु हुन्छ भनेर आश थिएन ।’
यो महामारीको बेला यस्तो काम गरेको पार्टीको कार्यकर्ताहरुलाई प्रोत्साहन र सहयोग गर्नु साटो स्पष्टीकरण माग्ने विषयको घोर निन्दा गर्दछु र तपाईबाट र पार्टीबाट यस्तो प्रतिक्रिया आउँछ भनेर आशा गरेको थिएन, स्पष्टीकरणमा उनले उल्लेख गरेका छन् । पार्टीको अग्रपंक्तिको नेताबाट स्पष्टीकरण नभइ सहयोगको अपेक्षा गरेको उनको भनाइ छ ।
पार्टीको निर्णयविपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सांसद सहभागि भएको भन्दै ४ जना मन्त्री सहभागि भएको कुनै पनि कार्यक्रममा सहभागि नहुने वा बहिष्कार गर्ने निर्णय गरिएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए । तर उक्त निर्णयविपरीत सहभागि भएका पार्टीका नेता कार्यकर्तालाई सचेतना पत्र पठाइएको र स्पष्टीकरण सोधिएको यादवले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij