२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

कोरोना संक्रमित पत्रकार लक्ष्मण बस्नेतका बाबुछोरा दुबैको मृत्यु 

सोमवार , जेठ ३, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल, ३ जेष्ठ।  दाङका एकजना कोरोना संक्रमित पत्रकारको उपचारका क्रममा रूपन्देहीको भैरहवामा मृत्यु भएको छ। रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

    एकदिन अघि सोही अस्पतालमा उनका पिताको पनि कोरोना संक्रमणका कारण निधन भएको थियो। बाबुको दाहसंस्कार नसकिदै भएको छोराको निधनले बस्नेत परिवार थप शोकाकुल बनेको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले जानकारी दिएका छन्।

    स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्। दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय रहेका थिए। दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य बनेका थिए। 

    यसैबिच नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले एक बिज्ञप्ती प्रकासित गरि ३२ बर्षको अल्पआयुमै निधन भएका पत्रकार बस्नेतको निधनले लुम्बिनी प्रदेशले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महसुस भएको जनाएको छ।

    पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काका अनुसार प्रदेशमा कोरोनाकै कारण ३ जना पत्रकारको निधन भएको छ भने एक सयभन्दा वढि पत्रकार संक्रमित भएका छन्।