२०८३, श्रावण १६ गते

Aug 01 2026 | २०८३, श्रावण १६ गते

भैरहवामा नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

शनिवार , श्रावण १६, २०८३

  • 271
    Shares
  • 271
    Shares
  •  
    भैरहवा, १६ साउन । रुपन्देहीको भैरहवाबाट नक्कली नोटसहित प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको उत्तरप्रदेश सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षिय अभिषेक कसौधन र महाराष्ट्र बस्ने २४ वर्षिय यश बाउसाहेब ब्राम्हणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
     
    प्रहरीले पक्राउ परेका व्यक्तिहरुको साथबाट भारतीय नक्कली नोट ५०० दरको १४० थान,  विभिन्न कम्पनीका मोबाईल २ थान र भारतीय आधार कार्ड २ थान बरामद गरेको छ ।
     
    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार सिद्धार्थनगर नगरपालिका–१२ मा भारतीय नक्कली नोटको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियोे । उक्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको टोलीले कानूनबमोजिम खानतलासी गर्दा नक्कली भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको डीएसपी चन्दले जानकारी दिनुभयो । रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भइ सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।