२०८३, भाद्र २७ गते

Sep 12 2026 | २०८३, भाद्र २७ गते

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो काँग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

मंगलवार , श्रावण १२, २०८३

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • दाङ, १२ साउन । लुम्बिनी प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिदै काँग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् ।

    काँग्रेस संसदीय दलको सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनुभएको हो ।

    राजीनामा बुझाउने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहनुभएको छ ।

    केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले राजीनामा दिदै सरकारबाट बाहिरिएका हुन् ।

    काँग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संयुक्त सरकार गठन हुने तयारी छ । नयाँ मन्त्रीहरूको नियुक्ति र मन्त्रालय बाँडफाँटका विषयमा एमाले र नेकपाका नेतृत्वबीच छलफल हुने बताइएको छ ।