२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

अपांगता भएका बालबालिकाको लागि भैरहवामा शिविर सम्पन्न

शुक्रवार , श्रावण १, २०८३

  • 253
    Shares
  • 253
    Shares
  • भैरहवा, १ साउन । अपांगता भएका बालबालिकाका लागि रुपन्देहीको भैरहवामा शारीरिक अपांगता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । बिकलाङ्ग मित्र समूह अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको आयोजना, सिद्धार्थनगर नगरपालिका र भीम अस्पतालको समन्वय तथा माछापुच्छ्रे बैंकको आर्थिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

    भैरहवास्थित भीम अस्पतालमा भएको शिविरमा ९५ जना बालबालिकाले सेवा लिएका छन् । जसमध्ये ८० जनाले फिजियोथेरापी सेवा लिएका छन् । २ जनालाई प्लास्टर लगाइएको, ४२ जनाको अर्थोपेडिक सहायक सामग्रीका लागि नापजाँच गरिएको र ११ जनालाई शल्यक्रियाका लागि मिति तोकिएको तथा २ जनालाई थप उपचारका लागि सिफारिस गरिएको आयोजकले जनाएका छन् । त्यस्तै ७ जनालाई सहायक सामग्री वितरण गरिएको छ ।

    शिविरको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी नेतृत्वको टोलीले स्थलगत निरीक्षण एवं अनुगमन समेत गरेको थियो ।