२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

पार्टीलाई एकढिक्का बनाउन केन्द्रीय समितिसंग जसपा रुपन्देहीको माग

आइतवार , जेठ २, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २ जेठ ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देहीले पार्टीलाई एकढिक्का बनाउन केन्द्रीय समितिसंग माग गरेको छ । जसपा रुपन्देहीले सम्पूर्ण विकल्प अपनाउँदै पार्टी भित्रका असल र इमान्दार नेता कार्यकर्ताको मनोबल उच्च पार्दै एकढिक्का बनाउन माग गरेको छ । 

    जसपा जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष राम अवतार यादवले विज्ञप्ती जारी गर्दै पार्टीभित्र दुई धार स्पष्ट रुपमा देखा परेकोले विभाजित दुई धारलाई संगै लिएर हिड्दा जीवन्त पार्टी, एकता र अग्रगमनको पृष्ठपोषण हुन नसक्ने दावी गरेका छन् ।   
    ‘लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकारलाई प्रदेश समितिको निर्णय र संसदीय दलको विधानविपरीत गइ अल्पमतको सरकार जोगाउन विभिन्न जालझेल गर्नु, कार्यकारी समितिको बहुमतको निर्णयबाट कारवाही गरिएका लुम्बिनी प्रदेशका ४ सांसदहरुको कारवाही रोक्न खोज्नु, अनुशासनहिनता र दण्डहिनतालाई प्रश्रय दिनु जस्ता क्रियाकलापले अग्रगामी र प्रतिगामी दुईधार स्पष्ट रुपमा देखा परेको सहजै अनुमान गर्न सकिन्छ, ’विज्ञप्तीमा भनिएको छ ।  पार्टीभित्र अराजकता, दण्डहिनता जस्ता प्रवृत्तिलाई बढावा दिने पात्रहरुलाई निस्तेज पार्न सम्पूर्ण विकल्पहरु अपनाउन अध्यक्ष यादवले माग गरेका छन् ।

    ‘प्रतिनिधिसभा विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक ठहर गरिसकेको अवस्थामा ओली नेतृत्वको सरकारको विकल्प खोज्नु हाम्रो पहिलो दायित्व हो, तर बिडम्बना पार्टीको एक जिम्मेवार तप्का ओली सरकार जोगाउने गतिविधिमा लागेको छ, ’विज्ञप्तीमा उल्लेख छ ।

    विभिन्न बहानामा पार्टीलाई अनिर्णयको बन्दी बनाउनु र पार्टीको कार्यकारी समितिबाट अनुमोदन नै नभएको अवस्थामा स्वघोषित संसदीय दलको नेता बन्न खोज्नु गलत भएको अध्यक्ष यादवले विज्ञप्तीमा उल्लेख गरेका छन् ।