२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

म्यान्मारमा बाढीका कारण १६ सयभन्दा बढी मानिस विस्थापित

मंगलवार , आषाढ ३०, २०८३

  • 331
    Shares
  • 331
    Shares
  • काठमाडौँ, ३० असार । म्यान्मारको दक्षिणी क्षेत्रमा रहेको बेलिन नदीमा जलसतह बढेर बाढी आउँदा १ हजार ६ सयभन्दा बढी मानिस विस्थापित भएका छन् ।

    अविरल वर्षाका कारण बेलिन नदीले खतराको सतह पार गरेपछि मन राज्यको बेलिन टाउनसिपका तल्लो तटीय क्षेत्रहरू डुबानमा परेका हुन् ।  बेलिन टाउनसिप वारुण यन्त्र विभागका एक अधिकारीले दिएको जानकारीअनुसार ४३५ घरधुरीका कुल १ हजार ६८१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

    गत शुक्रवारदेखि शुरु भएको भारी वर्षाका कारण उत्पन्न संकटलाई दृष्टिगत गर्दै स्थानीय अधिकारी, वारुण यन्त्र विभाग र स्वयंसेवक उद्धार टोलीहरूले उद्धार तथा स्थानान्तरण कार्यलाई तीव्रता दिएका थिए । विस्थापित बासिन्दाहरूको आश्रयका लागि हालसम्म १० वटा अस्थायी राहत शिविरहरू सञ्चालनमा ल्याइएको छ ।

    सोमवार बिहानदेखि बेलिन नदीको जलसतह केही घट्न थालेको भएपनि सुरक्षा शतर्कता अपनाउँदै विस्थापितहरूलाई अझै राहत शिविरमै राखिएको छ । मौसममा क्रमिक सुधार आएमा आगामी केही दिनभित्रै स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कन सक्ने अधिकारीहरूले बताएका छन् ।