२०८३, आषाढ २८ गते

Jul 12 2026 | २०८३, आषाढ २८ गते

जेनजी अगुवालाई रिहाइ गर्न जसपा नेता बस्नेतको माग

आइतवार , आषाढ २८, २०८३

  • 334
    Shares
  • 334
    Shares
  • काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले कीर्तिपुरमा होल्डिङ सेन्टरमा पुगेका जेनजी अगुवाहरुलाई पक्राउको विरोध गर्दै उनीहरुको रिहाइको माग गर्नुभएको छ । सुकुम्बासीमाथि आइपरेको अहिलेको विपत्तिको कारक वर्तमान सरकार भएको भन्दै बस्नेतले सरकारलाई सम्हालिन समेत सुझाव दिनुभएको छ ।

    बस्नेतले भन्नुभयो–‘हिजोको सरकार र आजको सरकारमा फरक देखिएन भने हिजोको सरकारको जस्तै आजको सरकारको बेहाल हुन बेर लाग्दैन । सत्ताको उन्माद छोडेर नागरिकको सरकार बन्ने प्रयत्न गर्नु नै सरकारको लागि श्रेयष्कर हुन्छ । जनतामाथि संकट बढ्नु भनेको सत्तामा संकट निम्तिनु यो कुरा हेक्का होस् ।’

    गरीबमारा नीति छोडेर गरीबका लागि नीति बनाउन सरकारलाई उहाँको आग्रह छ ।