शनिवार , आषाढ २७, २०८३
भैरहवा, २७ असार । बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११, रुपन्देहीको अध्यक्षमा पुनः श्रीचन्द्र जयसवाल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न समाजको १५ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट जयसवाल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा निर्वाचित जयसवालले १४२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रदीप यादवले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी त्रिलोकी प्रसाद तेलीले ११८ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा शुभद्रा कुमारी लम्साल पौडेल १२७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटम प्रतिष्पर्धी श्रीराम गुप्ताले १२१ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सचिवमा विरेन्द्र ज्ञवाली १११ मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिव पदका अर्का उम्मेदवार केदार प्रसाद कुर्मीले ८१ र दुर्गा प्रसाद हलुवाईले ४६ मत प्राप्त गर्नुभयो ।
त्यसै गरी कोषाध्यक्षमा १३६ मत प्राप्त गरी रविकान्त गिरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी कुमार के.सी.ले ८३ मत प्राप्त गर्नुुभएको छ ।
सह–सचिवमा श्यामु यादव १३६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिष्पर्धी गंगासागर अग्रहरीले १०६ मत प्राप्त गर्नुभएको छ ।
सह–कोषाध्यक्षमा सन्तोष शुक्ला १४६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी रम्भा देवी रौनियारले ८७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै सदस्यमा मनोज कुमार कानु बनिया (१४२), अजय कुमार यादव (१४०), राजेश चौधरी कुर्मी (१३९), श्रीकान्त उपाध्याय (१३०), ज्ञानराज पाण्डे (१२१), राजुकुमार अग्रहरी (१२१) विजयी हुनुभएको छ ।
सदस्यका उम्मेदवार शंकर मुरावले ११२, श्रवण कुमार कुान्दुले ९७, धिरज प्रसाद अग्रहरीले ९२, कन्हैयालाल गुप्ताले ९२, राकेश कुमार नाउले ८९ र कृष्ण कुमार कुँवरले ८५ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी सदस्यमा कुञ्जबिहारी कोहार र महबुब आलम निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा २६२ मत खसेको मुख्य निर्वाचन अधिकृत सुनिल त्रिपाठीले जानकारी दिनुभयो । साधारण सभा तथा अधिवेशनको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले उद्घाटन गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij