२०८३, आषाढ २७ गते

Jul 11 2026 | २०८३, आषाढ २७ गते

रुपन्देहीमा ७ केजी गाँजासहित एकजना पक्राउ

शनिवार , आषाढ २७, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • भैरहवा, २७ असार । रुपन्देहीमा प्रहरीले एकजनालाई लागूऔषध (गाँजा) ७ के.जी. १ सय ग्रामसहित पक्राउ गरेको छ । कञ्चन गाउँपालिका–२ स्थित कटैया बस्ने ४८ वर्षिय पाचु मल्लाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार शुक्रबार पाचु मल्लाहको घरमा गाँजाको कारोबार भइरहेको छ भन्ने प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो ।

    उक्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले पाचुको घरमा कानूनबमोजिम खानतलासी गर्ने क्रममा पूजाकोठामा लुकाईछिपाई राखेको गाँजा फेला परेको थियो । उक्त गाँजासहित पाचुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी चन्दले जानकारी दिनुभयो ।