२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

शुक्रवार , आषाढ २६, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, २६ असार । श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ को आयोजनामा शुक्रबार साइबर क्राइमसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय साइबर अपराधका घटना बढेकोले घटना न्यूनीकरणमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिका–३ स्थित अमर ज्योति बोर्डिङ स्कूलमा उक्त कार्यक्रम भएको कार्यक्रममा ९१ जनाको सहभागीता रहेको संयोजक एवं संस्थाको उपाध्यक्ष सकुन्तला न्यौपानेले बताउनुभयो ।

    सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दको प्रमुख आतिथ्यता, विद्यालयको प्राचार्य एल.सी.जोन सिस्टरको विशिष्ट आतिथ्यता तथा सामुदायिक केन्द्रको महासचिव पुनम क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    e3a2f3fb-0ca7-42ae-a4ad-b64c95b6228d.jpg

    कार्यक्रममा संस्थाका उपाध्यक्ष नन्दकिशोर यादव, सह–कोषाध्यक्ष पुनम जैसवाल, सदस्यहरु वर्षा अर्याल, शान्ता शर्मा, प्रहरी हरिश बिष्टलगायतको उपस्थिति थियो ।कार्यक्रमको सहजीकरण डीएसपी कृष्ण कुमार चन्दले गर्नुभएको थियो । 

    37a4bae0-8b3a-458c-b7b4-854ad09fb8ec.jpg