२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

केरुङ्गेली समाज रुपन्देहीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान

आइतवार , आषाढ २१, २०८३

  • 268
    Shares
  • 268
    Shares
  • बुटवल, २१ असार । केरुङ्गेली समाज रुपन्देहीले शनिबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाज स्थापनाको २६ वर्ष पूरा भएको अवसरमा आयोजित उक्त कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको छ ।

    अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्यता तथा केरुङ्गेली समाजका अध्यक्ष यज्ञमुर्ति पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गौतमले लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान कार्यक्रम गर्नु प्रशंसनीय सुरुवात भएको उल्लेख गर्नुभयो । अन्य संघ–संस्थाहरूलाई पनि अस्पतालमै आएर यस्ता मानवीय कार्य गर्न थप हौसला मिल्ने उहाँको भनाइ थियो । आफ्नो जीवनमा पहिलोपटक रक्तदान गर्दै प्रमुख अतिथि गौतमले आगामी दिनमा अस्पतालमा रक्तदान गर्न आउने सम्पूर्ण संघ–संस्थाहरूसँग हातेमालो गर्न अस्पताल प्रशासन सदैव तयार रहेको स्पष्ट पार्नुभयो ।

    त्यस्तै समाजका अध्यक्ष यज्ञमुर्ति पाण्डेले वि.सं. २०५७ सालदेखि नै संस्था विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको प्रष्ट पार्नुभयो । आगामी दिनमा पनि लुम्बिनी प्रादेशिक अस्पतालसँग समन्वय गरेर यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले रक्तदान गर्ने सम्पूर्ण रक्तदाता र प्राविधिक सहयोग पुर्याउने टोलीप्रति विशेष धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्नुभयो । रक्तदान समितिका संयोजक सालिकराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सह–सचिव विरोध पाण्डेले गर्नुभएको थियो ।

    कार्यक्रममा संस्थाका संरक्षक डा. खिमानन्द पाण्डे, सल्लाहकार मनोज भुसाल, उपाध्यक्ष तिलक पाण्डे, कोषाध्यक्ष कमल न्यौपाने, लेखा समिति संयोजक भेषराज पाण्डे, सदस्य दुर्गा बहादुर श्रेष्ठ लगायतको सहभागीता थियो ।