आइतवार , आषाढ २१, २०८३
भैरहवा, २१ असार । लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देहीको आयोजनामा ७८ औं जुनियर बेल्ट प्रमोशन टेस्ट–२०८३ भैरहवामा सम्पन्न भएको छ ।
शनिबार सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवा पार्कमा भएको कार्यक्रममा महिला र पुरुष गरी २९ जना खेलाडीको सहभागीता थियो ।
लुम्बिनी क्योकुशिन कराते–डो संघ बज्र रुपन्देही शाखाका प्रमुख सिहान करुणानिधि त्रिपाठीको प्रमुख आतिथ्यता तथा डोजोका प्रशिक्षक एन्जेल नेपाली र यमलाल चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij