२०८३, आषाढ २० गते

Jul 04 2026 | २०८३, आषाढ २० गते

रोटरी क्लब अफ भैरहवाको अध्यक्षमा अजय कुमार गुप्ता

शनिवार , आषाढ २०, २०८३

  • 697
    Shares
  • 697
    Shares
  • भैरहवा, २० असार । रोटरी क्लब अफ भैरहवाको अध्यक्षमा अजय कुमार गुप्ता चयन हुनुभएको छ । क्लबको १० औं अध्यक्षको रुपमा उहाँ वर्ष २०२६–०२७ का लागि उहाँ चयन हुनुभएको हो ।

    गुप्ता विभिन्न संघ–संस्थामा आबद्ध हुनुहुन्छ । उहाँले नेपाल भारत अवैध मैत्री समाज रुपन्देही, श्री दुर्गा सामुदायिक सेवा केन्द्रको अध्यक्ष, काशी नोबल एकेडेमीको उपाध्यक्ष, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको निवर्तमान अध्यक्ष लगायत विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । अध्यक्षको जिम्मेवारी पाउनुभएका गुप्ताले रोटरी क्लबको मर्म अनुसार समाजको हितमा काम गर्ने बताउनुभयो ।

    WhatsApp Image 2026-07-03 at 8.46.51 AM.jpeg

    क्लबका निवर्तमान अध्यक्षमा कमल प्रसाद कोइराला, प्रेसिडेन्ट इलेक्टमा दीपक सापकोटा, प्रेसिडेन्ट नोमिनीमा श्याम बहादुर क्षेत्री, प्रथम उपाध्यक्षमा राजु श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुमन पौडेल, सचिवमा हरि प्रसाद आचार्य, कोषाध्यक्षमा देवराज रिजाल, सह–सचिवमा बलराम कार्की, सह–कोषाध्यक्षमा सुदर्शन पन्त, चेयर क्लब एडमिनिष्ट्रेशनमा उमेश चन्द्र आचार्य, चेयर मेम्बरसीपमा रविश मिश्र, चेयर पब्लिक इमेजमा चक्रमणि आचार्य, चेयर टीआएरएफमा राजु न्यौपाने र चेयर सर्भिस प्रोजेक्टमा रंजु शर्मा रहनुभएको छ । 

    त्यस्तै सर्जेन्ट एट आमर्स (फस्ट) मा कृष्ण अर्याल, सर्जेन्ट एट आमर्स (सेकेण्ड) मा विकास कुमार सेन, चेयर टिच सब कमिटीमा प्रदीप पौडेल, चेयर क्लब बुुलेटिन एण्ड एडिटरमा पवन पौडेल, चेयर आईटी एण्ड सोसल मिडिया सब कमिटीमा पप्पु कुमार गुप्ता, इन्भारमेन्टमा कुन्दन बज्राचार्य, फण्ड राईजिंगमा मनिष भट्टराई, मिडियामा सन्तोष शुक्ला, क्लब मेन्टरमा संजीव शर्मा रेग्मी, एडभाईजर टु प्रेसिडेन्टमा राम प्रसाद पन्थी, एडभाईजर टु बोर्डमा सिए शिवहरि शर्मा र सीएसआर सब-कमिटी चेयरमा अखिलेश्वर चौधरी रहनुभएको छ ।