२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त

बिहिवार , बैशाख ३०, २०७८

काठमाडौं, ३० वैशाख । 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 
प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् ।

वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी  नेपाल (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन । त्यस्तै एमालेको माधव नेपाल पक्षका सांसदहरुले राजीनामा दिएन । बहुमत नपुग्ने भएपछि कांग्रेस–माओवादी गठबन्धनले सरकारका लागि दावी नै गरेन ।
त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ । प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथ भने शुक्रबार हुनेछ।76(3)_Oli_appoint_PM.jpg