शुक्रवार , आषाढ ५, २०८३
भैरहवा, ५ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित हेभेन्ली गार्डेन किड्स क्याम्पसमा तेक्वान्दोको २८ औं ग्रेडिङ टेस्ट (परीक्षा) कार्यक्रम सम्पन्न भएको हो । उक्त परीक्षामा विभिन्न स्तरका १८ जना खेलाडीको सहभागीता रहेको तेक्वान्दो मुख्य प्रशिक्षक कोशिष बहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार सन् २०११ देखि थत हेभेन्ली गार्डेन किड्स क्याम्पसमा तेक्वान्दो खेल सुरु भएको थियो ।
नेपालको तेक्वान्दो संघको वार्षिक क्यालेण्डर अनुसार वर्षमा तीनपटक उक्त परीक्षा सञ्चालन हुँदै आएको छ ।
हालसम्म २४ जना खेलाडीले ब्ल्याक बेल्ट प्राप्त गरिसकेको खड्काले बताउनुभयो । हेभेन्लीबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइसकेको र स्वर्ण पदकसहित विभिन्न पदक जितिसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा मुख्य प्रशिक्षक कोशिष बहादुर खड्का, प्रशिक्षक सपना नेपाली, विद्यालयको शिक्षकशिक्षिका, खेलाडी, विद्यार्थी लगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij