२०८३, जेठ १९ गते

Jun 02 2026 | २०८३, जेठ १९ गते

प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु पर्दछ : खुश्बु ओली

मंगलवार , जेठ १९, २०८३

  • 208
    Shares
  • 208
    Shares
  • काठमाडौँ, १९ जेठ । विपक्ष दल  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्वदलीय बैठक बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ । 

    प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँमा मिचेको छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएको उक्त पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रको गरिमासँग जोडिएको विषयमा छलफल गर्नका लागि दलहरुका शिर्ष नेताहरुसहितको सहभागिता हुनेगरी सर्वदलीय बैठक बोलाउन सभामुख अर्यालको ध्यानाकर्षण गराउनुभएको हो ।

    उहाँले प्रधानमन्त्री साहको उक्त अभिव्यक्ति सच्याउनुको विकल्प नभएको अडान पनि राख्नुभयो । प्रमुख सचेतक ओलीले संसदलाई पेलेर अघि बढाउने प्रयास नगर्न सभामुख अर्याललाई सचेत पनि गराउनु भयो ।

    उहाँले भन्नुभयो,‘त्रुटी भएको सभामुख महोदय । हामी सबै सिक्ने क्रममा छौ । प्रधानमन्त्री पनि नयाँ हुनुहुन्छ । हामीले आफना त्रुटीहरु यो सिकाई र भोगाईको क्रममा सच्याउनुपर्ने हुन्छ ।

    अर्को कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु–आज फेरि तपाईले पेलेर सदन चलाउनु भन्दा पनि सबै दलका शिर्ष नेताहरुलाई डाकेर, विधायकहरुलाई डाकेर एउटा छलफल  राखौ ।

    हामी यो मुद्दा राष्ट्रको गरिमासँग जोडेर हेरौ । र, प्रधानमन्त्रीज्यूलाई पनि आफनो अभिव्यक्ति सच्याउन र यसमा स्पष्टिकरण दिन अनुरोध गर्न चाहन्छौँ ।’

    प्रमुख सचेतक ओलीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा त्रुटीपूर्ण अभिव्यक्ति सच्याउन नमिल्ने गरी अन्तराष्ट्रियकरण भएको भन्दै आपत्ति समेत बताउनु भयो ।