मंगलवार , जेठ १९, २०८३
भैरहवा, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगर समिति, रुपन्देहीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा सम्पन्न अधिवेशन (निर्वाचन) बाट नगर समितिको सभापतिमा नरेश अधिकारी विजयी हुनुभएको हो ।
सभापतिका प्रत्यासी कृष्ण प्रसाद भण्डारीलाई ९ मतले पराजित गर्दै अधिकारी सभापतिमा चुनिनुभएको हो । अधिकारीले १२९ र भण्डारीले १२० मत प्राप्त गर्नुभयो ।
त्यसै गरी उपसभापतिमा भिष्मा ज्ञवाली पोखरेल १२६ मतका साथ विजयी हुनुभयो । उपसभापति पदका अर्का प्रत्यासी रामचन्द्र रेग्मीले १२४ मत प्राप्त गर्नुभयो ।
सचिवमा उमेश अग्रहरी १३६ मतसहित विजयी हुँदा ओम राज पन्थले ११२ मत प्राप्त गर्नुभयो ।
सह–सचिवमा १२४ मतका साथ लक्ष्मी ज्ञवाली विजयी हुनुभएको छ । सह–सचिवका अर्का प्रत्यासी लक्ष्मी अधिकारीले ११९ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सदस्यमा मिलन बस्नेत (९६), गोबिन्द राज खनाल (११५), रोशन बहादुर थापा (१२५), राम प्रसाद भण्डारी (९९) र शुभम रौनियार (१२४) मतका साथ निर्वाचित हुनुभएको छ ।
त्यसै गरी सदस्यमा सिता के.सी., मिना पन्थी र मुना देवकोटा निर्विरोध निर्वाचित हुनुभएको छ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कोशिष बहादुर खड्का र पर्शुराम पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रदेश महाधिवेशन प्रतिनिधिमा दिनेश मान अमात्य, अब्दुल रहमान खान तथा जिल्ला अधिवेशन प्रतिनिधिमा संजय शर्मा र शिशिर थैव निर्विरोध निर्वाचित हुनुभएको रास्वपा सिद्धार्थनगरका नवनिर्वाचित सचिव उमेश अग्रहरीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
