२०८३, जेठ १८ गते

Jun 01 2026 | २०८३, जेठ १८ गते

प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध

सोमवार , जेठ १८, २०८३

  • 235
    Shares
  • 235
    Shares
  • काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र साहले आईतवार प्रतिनिधि सभामा राख्नुभएको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलहरुले विरोध जनाएका छन् । 

    सोमवारको बैठकमा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्री साहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन् । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुचारु गर्न लाग्दा प्रतिपक्ष दलहरुले उभिएर प्रधानमन्त्रीको विरोध जनाए ।

    प्रधानममन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी दिए । आईतवारको प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले भारतले मात्रै नेपालको भूमि मिचेको नभइ नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने बताउनुभएको थियो ।

    प्रधानमन्त्रीको भनाइपछि विपक्षी दल लगायत बुद्धिजीविहरुले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रघाती भएको टिप्पणी गर्दै आएका छन् । राष्ट्रिय सभाको बैठक अहिले अवरुद्ध छ ।