२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

झुटो गवाहीको आरोपमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनले पाए सफाइ

शुक्रवार , जेठ १५, २०८३

  • 610
    Shares
  • 610
    Shares
  • काठमाडौँ, १५ जेठ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक–योलले झुटो गवाही सम्बन्धी मुद्दामा अदालतबाट सफाइ पाएका छन् ।

    पूर्वप्रधानमन्त्री हान डक–सु जोडिएको ‘विद्रोहमा सहयोग’ सम्बन्धी मुद्दामा गलत तथ्य प्रस्तुत गरेको भन्दै युनमाथि लगाइएको आरोपमा अदालतले उनलाई निर्दोष ठहर गरेको हो ।

    योनहाप समाचार एजेन्सीकाअनुसार बिहीवार भएको पहिलो चरणको सुनुवाइमा अदालतले युनलाई उक्त मुद्दाबाट सफाइ दिने फैसला सुनाएको हो ।

    पूर्वप्रधानमन्त्री हानको मुद्दासँग सम्बन्धित प्रक्रियामा युनले शपथ खाएर झूटो बयान दिएको दाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरिएको थियो । अदालतको यो फैसलासँगै पूर्वराष्ट्रपति युनलाई कानूनी रूपमा ठूलो राहत मिलेको छ । यद्यपि यो पहिलो चरणको फैसला भएकाले यसमा पुनरावेदन हुनसक्ने सम्भावना भने बाँकी नै रहेको छ ।