२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

कांग्रेसले कारवाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त

बिहिवार , जेठ १४, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, १४ जेठ । नेपाली कांग्रेसबाट निर्वाचित दुई वडाअध्यक्षको पद गुमेको छ । गुल्मी मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रविन्द्र के.सी. र धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पद्मबहादुर विष्टको पद गएको हो ।

    अन्य दलमा प्रवेश गरेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको प्रतिलिपिसहित निर्वाचन आयोगमा जानकारी पुगेपछि आयोगले पद रिक्त भएको सूचना निकालेको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली २०८४ को नियम २२ बमोजिम कांग्रेसले दुई वडाध्यक्षले दल त्याग गरेको जानकारीसहित आयोगसमक्ष पदमुक्तको लागि सिफारिस गरेको थियो ।

    ‘नेपाली कांग्रेसको २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका तपलसिल बमोजिमका जनप्रतिनिधहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको प्रतिलिपीसहित आयोगमा जानकारी हुन आएकाले...,’ आयोगले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

    गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष केसी र विष्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको थियो ।

    election-commission-1779944008 (1).png