बिहिवार , जेठ १४, २०८३
भैरहवा, १४ जेठ । सन शाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर, रूपन्देहीको विद्यार्थी प्रतिनिधिहरूको भेलाले समृद्धि क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गठन गरेको छ ।
बुधबार सम्पन्न भेलाबाट क्लबको उपाध्यक्षमा श्रीसा गोंगल, सचिवमा आयिशा सेन्चुरी, कोषाध्यक्षमा अनिमेश पाण्डे, सह–सचिवमा सान्भी त्रिपाठी र सह–कोषाध्यक्षमा एरिका राज्यलक्ष्मी राणा चयन भएका छन् ।
क्लबको सदस्यहरूमा गङ्गा मल्ल, अमन थापा, देव्यांशी मिश्रा, साहिल कुँवर र अंश थापा निर्वाचित भएका छन् ।
सल्लाहकारमा सिद्धार्थनगर–८ वडास्तरीय बाल सञ्जालका सदस्य आयुष रिजाल चयन भएका छन् । पदाधिकारी सर्वसम्मत चयन भए पनि सदस्य पदहरूमा निर्वाचन भएको निर्वाचन कार्यक्रम संयोजक प्रेम कुमार सुनारले जानकारी दिनुभयो । निर्वाचनमा कक्षाका प्रतिनिधि विद्यार्थीहरूले मतदान गरेका थिए ।
त्यसै गरी भेलाले विभिन्न चार सदनतर्फ प्रमुख र उपप्रमुख चयन गरेको छ । पहिलो सदनको प्रमुखमा समृद्धि क्षेत्री, उपप्रमुखमा जेनिफर गर्ग आचार्य, दोस्रो सदनको प्रमुखमा ओजश्वी शाक्य, उपप्रमुखमा याश्री थापा तेस्रो सदनको प्रमुखमा फरहान खान, उपप्रमुखमा प्रतिभा राई र चौथो सदनको प्रमुखमा सपना थापा क्षेत्री र उपप्रमुखमा लेखनाथ ज्ञवाली चयन भएका छन् ।
नवनिर्वाचित समितिलाई विद्यालयका प्रिन्सिपल निकेशदेव हटुवाल, संयोजक वीर बहादुर घर्ती मगर र बाल क्लबका निवर्तमान अध्यक्ष शिवेश श्रेष्ठले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । भेलाले विभिन्न चार सदनको नेतृत्व समेत चयन गरेको छ । भेला शिवेश श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
