२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

वाईवाई यु–१९ महिला प्रदेशस्तरीय क्रिकेट : नवलपरासी र दाङ विजयी

बुधवार , जेठ १३, २०८३

  • 193
    Shares
  • 193
    Shares
  • भैरहवा, १३ जेठ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा मंगलबारदेखि पश्चिम नवलपरासीमा वाईवाई यु–१९ महिला प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार भएको पहिलो खेलमा पाल्पालाई ७ विकेटले पराजित गर्दै नवलपरासी र दोस्रो खेलमा बर्दियालाई १०१ रनले पराजित गर्दै दाङ विजयी भएको हो ।

    पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पाल्पाले निर्धारित १५ ओभरमा २ विकेट गुमाउँदै ७४ रनको योगफल बनायो । उक्त टीमका लागि अपेक्षा थापाले २१ तथा कृष्टिना खत्री र विन्दु खत्रीले १०–१० रनको योगदान गर्नुभयो । बलिङमा नवलपरासीका कृष्टि पाण्डेले २ विकेट लिनुभयो ।

    जवाफमा नवलपरासीले १० दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा ७५ रन बनायो । उक्त टीमका लागि क्रसक गुरुङले ६ र अनुजा विष्टले ५ रन बनाउनुभयो ।

    बलिङमा पाल्पाका सुमिना गाहाले २ र समीक्षा कार्कीले १ विकेट लिनुभयो । खेलमा नवलपरासीको कृष्टि पाण्डे प्लेअर अफ द म्याच घोषित हुनुभयो ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको दाङले २० ओभरमा २ विकेटको क्षतिमा १२० रन बनायो । उसका लागि युनिसा सारु मगरले ५१ (नटआउट) र रीतु रावलले २५ रनको योगदान गर्नुभयो । बलिङमा बर्दियाको सुजाता नेपाली र कृष्ण क्षेत्रीले १–१ विकेट लिनुभयो 

    जवाफमा बर्दियाले १० दशमलव २ ओभरमा १० विकेटको क्षतिमा २५ रनमै समेटियो । उसका लागि लक्ष्मी सिंहले ४ रन बनाउनुभयो । बलिङमा दाङको आस्ना चौधरीले ३ तथा सिरिसा चौधरी र समीक्षा खत्रीले २–२ विकेट लिनुभयो ।
    खेलमा दाङको युनिसा सारु मगर प्लेअर अफ द म्याच घोषित हुनुभयो ।

    नवलपरासी क्रिकेट संघको समन्वयमा भइरहेको प्रतियोगिता जेठ १६ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीले जानकारी दिनुभयो ।