२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

वाईवाई यु–१९ महिला प्रदेशस्तरीय क्रिकेट : रुपन्देही र बाँके विजयी

बुधवार , जेठ १३, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • भैरहवा, १३ जेठ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा मंगलबारदेखि पश्चिम नवलपरासीमा वाईवाई यु–१९ महिला प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिता सुरु भएको छ । मंगलबार भएको पहिलो खेलमा नवलपरासीलाई ९३ रनलाई पराजित गर्दै रुपन्देही र दोस्रो खेलमा कपिलवस्तुलाई २१६ रनले पराजित गर्दै बाँके विजयी भएको हो ।

    पहिलो खेलमा टस जितेर ब्याटिङ राजेको रुपन्देहीले १८ दशमवल ३ ओभरमा १० विकेट गुमाउँदै १०७ रनको योगफल बनायो । उक्त टीमका लागि आयुस्मा भुसालले २६ र योजना थापाले ११ रनको योगदान गर्नुभयो ।
    बलिङमा नवलपरासीका अनुष्का क्षेत्रीले ४, श्रेया आले र सुहानी अग्रहरीले २–२ तथा क्रसक गुरुङले १ विकेट लिनुभयो । 

    जवाफमा नवलपरासीले ८ दशमलव ४ ओभरमा १० विकेटको क्षतिमा केवल १४ रन बनायो । उक्त टीमका लागि कृृष्टि पाण्डेले २, अनुजा विष्ट र खुसी मल्लले १–१ रन बनाउनुभयो ।

    बलिङमा रुपन्देहीका आयुसा प्रनिशा अर्यालले ४, आयुसा भुसालले ३ र अन्जी पाठक र इक्रा हसनले १–१ विकेट लिनुभयो । खेलमा रुपन्देहीको आयुसा भुसाल प्लेअर अफ द म्याच घोषित हुनुभयो ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर कपिलवस्तुले बलिङ रोज्यो । बलिङको निम्तो पाएको बाँकेले २० ओभरमा २ विकेट गुमाउँदै २४८ रनको योगफल बनायो । उक्त टीमका लागि पूर्णिमा डांगीले ८५ (नटआउट), आशिका भट्टराईले ५१ (नटआउट) र मुना बुढाले १९ रनको योगदान गर्नुभयो । बलिङमा कपिलवस्तुका कविता खड्का र दिव्या पटवाले १–१ विकेट लिनुभयो ।

    जवाफमा कपिलवस्तुले ८ दशमलव १ ओभरमा १० विकेटको क्षतिमा ३२ रनमै समिेटियो । उसका लागि कविता खड्काले १५ (नटआउट) बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    बलिङमा बाँकेको सम्झना पुन मगरले ४ र सिर्जना खड्काले ३ विकेट लिनुभयो । खेलमा प्लेअर अफ द म्याच बाँकेको पूर्णिमा डांगी घोषित हुनुभयो ।

    नवलपरासी क्रिकेट संघको समन्वयमा भइरहेको प्रतियोगिता जेठ १६ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका कार्यसमिति सदस्य प्रथम पराजुलीले जानकारी दिनुभयो ।