मंगलवार , जेठ १२, २०८३
काठमाडौं, १२ जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमका बारेमा छलफल भएको छ ।
मंगलवार बसेको बैठकमा मन्त्रालयको चालूको योजना र आगामी बजेटका बारेमा छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिनुभयो ।
बैठकमा आगामी बजेट, नीति, योजना तथा कार्ययोजनाका विषयमा सांसदहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । छलफलका क्रममा सांसदहरुले अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्नुपर्ने, पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने विषय उठाएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मन्त्रालयको आगामी बजेट, आगामी नीति, योजना र कार्ययोजनाका बारेमा छलफल भयो । अन्तराष्ट्रिय विमानस्थललाई अपडेट गर्नुुपर्ने, पर्यटन क्षेत्रलाई सम्बोधन गर्नुपर्ने, संस्कृतिलाई संरक्षण गर्नुपर्ने लगायतका कुराहरु सांसदहरुले उठाउनुभयो । छलफल समान्य थियो, सरकारलाई निर्देशन नै दिनुपर्ने खालको थिएन ।’
सभापति उदासले छलफल सामान्य प्रकृतिको रहेको उल्लेख गर्दे सरकारलाई निर्देशन दिने खालको नभएको बताउनु भयो ।–
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
