२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

रुपन्देहीबाट १४ लाख बढीको अवैध सामान बरामद

मंगलवार , जेठ १२, २०८३

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, १२ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सोमबार १४ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरेको अन्दाजी मूल्य १४ लाख ३३ हजार ६ सय ५ रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

    प्रहरीले बरामद गरेको सामानमा विभिन्न किराना सामान, कागती, आँप, टायल, ब्रोइलर कुखुरा, ब्रोइलर कुखुराको मासु, तरकारी, सुट, हुक्कामा प्रयोग हुने रबरको पाईप, धानको बिउ, सुनका गहना राख्ने विभिन्न बट्टाहरु, फलामको हम्मर मोटरसाइकललगायत रहेका छन् ।

    बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय र भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिनुभयो ।