२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

बुटवलमा टीम बिल्डिङ्ग तालिम सम्पन्न

शनिवार , जेठ ९, २०८३

  • 190
    Shares
  • 190
    Shares
  • बुटवल, ९ जेठ । संस्था सञ्चालन र व्यवस्थापनका लागि टीम बिल्डिङ्ग तालिम बुटवलमा शनिबार सम्पन्न भएको छ । खुद्रा किराना व्यवसायी संघ, रुपन्देहीद्वारा आफना कार्यसमिति सदस्यहरुका लागि आयोजित उक्त तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले संस्था सञ्चालन र व्यवस्थापनका आधारभूत तत्वहरु, टीमको अर्थ, यसमा उद्देश्य र सारभूत पक्षहरु, सम्बन्ध, सही सञ्चार एवम् योजना तर्जुमा बारेमा सहजीकरण गर्नुभएको थियो ।

    त्यस्तै बुटवल उपमहानगरपालिका योजना शाखाका अधिकृत ठगिश्वर पोखरेलले व्यवसाय, दर्ता प्रक्रिया, अनुगमन र व्यवसायीले अपनाउनुपर्ने नीति, नियमका बारेमा सहजीकरण गर्नुभएको थियो । 

    त्यसै गरी ग्रामीण विकासका जानकार युवराज घिमिरेले व्यवसायी र ग्राहकको सम्बन्ध विस्तारका लागि अपनाउनुपर्ने विधि, ग्राहकको मनोविज्ञान र व्यवसाय प्रवद्र्धनका लागि आवश्यक तत्वहरु र सामाजिक उद्यमी एआर सिलवालले संस्थाको स्वोट एनालाइसिस र संक्षेपीकरणका साथै प्रयोगात्मक प्रस्तुतीकरणमा सहजीकरण गर्नुभएको थियो ।

    संघका ५० जना सहभागी रहेको उक्त तालिमको समापनमा सल्लाहकार दधिराम ज्ञवाली, सदस्य विमला गुप्ताले टीम बिल्डिङ्ग तालिमले आफूहरुलाई संस्था सञ्चालन र व्यवस्थापन गर्न प्रशस्त ज्ञान, सीप मिलेको र व्यवहारमा उतार्न आफूहरु आतुर रहेको बताउनुभयो ।

    WhatsApp Image 2026-05-23 at 7.13.09 PM.jpeg

    संघका अध्यक्ष गोपाल कुमार प्रधानको अध्यक्षता तथा महासचिव यमलाल बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।