२०८३, जेठ ६ गते

May 20 2026 | २०८३, जेठ ६ गते

सिद्वार्थनगर–९ का किशोरीहरुलाई अभिमुखीकरण

बुधवार , जेठ ६, २०८३

  • 535
    Shares
  • 535
    Shares
  • भैरहवा, ६ जेठ । माइती नेपाल आवधिक गृह भैरहवाले किशोरीहरुलाई अभिमुखीकरण गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का दुई दर्जन किशोरीहरुलाई मंगलबार अभिमुखीकरण गरेको हो ।

    मानव बेचबिखनविरुद्धको कार्यमा लामो समयदेखि कार्यरत संस्था माइती नेपाल भैरहवाले बेचबिखनबाट कसरी जोगिन सकिन्छ भन्ने जिषयमा प्रशिक्षण दिएको हो । सहभागीहरुलाई माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले बेचबिखन किन र कसरी गरिन्छ, कानूुनी व्यवस्था के छन् जस्ता विविध विषयमा चेतनामूलक जानकारी प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरी, सञ्चारकर्मी शंकर पाण्डे लगायतले बोल्दै मानव बेचविखनविरुद्ध सबै सजग भएर लाग्नुपर्ने बताउनुभयो ।