२०८३, जेठ ५ गते

May 19 2026 | २०८३, जेठ ५ गते

सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न दबाद दिएको छैन : प्रधानन्यायाधीश शर्मा

मंगलवार , जेठ ५, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौं, ५ जेठ । प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दबाब नदिएको स्पष्टिकरण दिनुभएको छ । 

    संसदीय सुनुवाईको क्रममा मंगलवार संसदीय समितिमा बोल्दे उहाँले यस्तो स्पष्टिकरण दिनुभएको हो । उहाँले उजुरीको प्रकृतिका आधारमा दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्न सर्वोच्च प्रशासन स्वतनत्र रहेको पनि बताउनु भयो । उहाँले मिडियामा आफूलाई आरोपित गर्नेगर हल्ला गरिएको भन्दै थप टिप्पणी नभएको समेत बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘उजुरी दर्ता गर्ने की दरपिठ गर्ने भन्ने कुरा उजुरीको प्रकृति हेरेर न्याय प्रशासनले गर्ने निर्णय हो । यसमा न्याय प्रशासन स्वतन्त्र छ । मिडियामा मैले आफूविरुद्धको उजुरी दर्ता हुनबाट रोके बनेर जसरी हल्लाहरु आएको छ । यो सबै झुटो हो । यो गलत आरोप हो । यसमा मेरो थप कुनै टिप्पणी छैन ।’

    उहाँले बार र न्यायालय (बेन्च)बीच द्वन्द्व नभएको समेत स्पष्ट पार्नुभयो । सांसदहरुले बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ? प्रश्न गरेका थिए ।