२०८३, जेठ ५ गते

May 19 2026 | २०८३, जेठ ५ गते

संसदमा पर्चासहित श्रम संस्कृति पार्टीको विरोध

सोमवार , जेठ ४, २०८३

  • 784
    Shares
  • 784
    Shares
  • काठमाडौं, ४ जेठ । प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरू अगाडि उभिएर विरोध गरेका छन् ।

    हर्क साम्पाङसहित श्रम संस्कृतिका सांसदहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ १ प्रश्नदेखि भाग्न पाइँदैन १जनमतलाई सम्मान गर १ संसद छलेर अध्यादेश ल्याउन बन्द गर १ संसदीय जिम्मेवारी बहन गर १ लगायत नारा लेखिएको पर्चा छातीमा टाँसेका छन् । 

    प्रतिनिधि सभा बैठक सभामुख डोलप्रसाद अर्यालले सुरु गर्नेवित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर अगाडि आइ विरोध गरेका हुन् ।सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् ।'

    सभामुख अर्यालले भने, ‘विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु । अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला ।’