२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

प्रधानमन्त्री ओली पदमुक्त, पाएनन् बिश्वासको मत 

सोमवार , बैशाख २७, २०७८

काठमाडौँ। प्रधानमन्त्री केपि शर्मा ओली पदमुक्त भएका छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विश्वासको मत लिन असफल भएपछि पदमुक्त भएका छन्। 

विश्वासको मत लिने प्रयोजनका लागि आज बसेको प्रतिनिधिसभाको बैठकमा भएको मतदानमा आवश्यक १ सय ३६ मत ल्याउन ओली नेतृत्वको सरकार असफल भएको छ। 

प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत परेको छ भने बिपक्षमा १ सउय २४ मत परेको छ। २ सय ३२ जना सहभागि भएको बैठकमा १५ सांसद पक्ष र विपक्षमा मत नदिई तटस्थ बसेका छन्। जनता समाजवादी पार्टी महन्थ ठाकुरले आफूहरू तटस्थ बस्ने बताएका थिए। 

सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। उनले संसद्को अर्को बैठक वैशाख ३० गते बस्ने गरी स्थगित भएको बैठकलाई जानकारी गराए। 

प्रधानमन्त्री ओलीले सत्तारुढ नेकपा एमालेका १ सय २१ जना सांसद सबैको मत पाएनन्। एमालेको माधवकुमार नेपाल पक्षका सांसद आजको संसद् बैठकमा अनुपस्थीत हुदै मतदानमा भाग लिएनन्। 

२०७५ साल फागुन ३ गते गठन भएको ओली नेतृत्वको सरकार संसदबाट विश्वासको मत गुमाएसँगै अल्पमतमा परेको छ। ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए। विघटनको निर्णय सर्वोच्चले अदालतले फागुन ११ गते बदर गरेपछि प्रतिनिधिसभा पुनस्र्थापना भएको थियो।