२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

कोरोना संक्रमितको उपचारमा सरकार गैरजिम्मेवार : नेपाली कांग्रेस

सोमवार , बैशाख २७, २०७८

बुटवल, २७ वैशाख ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समितिले रुपन्देहीले कोभिड–१९ महामारीका कारण जनतालाई चरम सास्ती व्यहोर्नु परेको बेला सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ । सोमबार क्षेत्रीय सभापति हरि लम्सालद्वारा जारी विज्ञप्तीमा आवश्यक अक्सिजन, आईसीयू बेड, अभाव हुँदा जनताहरुको दर्दनाक मृत्युवरण गर्नु परेको उल्लेख गर्दे जनताको यस्तो पीडाको बेला सरकारले आफ्नो कुर्ची बचाउने खेल मात्र गरेका आरोप लगाएको छ ।

विज्ञप्तीमा कोरोना महामारीमा जनता चिच्चाइरहेका छन्, गुहार मागिरहेका छन् ।  जनताको चित्कार, रोदन सुन्ने कोही छैन् यस्तो बेला सरकारबाट पाउनुपर्ने साथ सहयोग नहँुदा जनताले देशमा सरकार छ कि छैन्, अन्यौलमा रहेको उल्लेख छ ।
कोभिडको उपचार लागि सरकारले हात उठाएको अवस्था जनता आफ्नै उपचार गनृुपर्ने अवस्था छ, त्यो भन्दा पीडादायी अवस्था के हुन्छ, विज्ञप्तीमा भनिएको छ ।

यस्तो विपद्को बेलामा अंग्रपक्तिमा खट्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायतलाई सरकारले उच्च मनोबल प्रदान गर्ने बेला सरकारले कुनै ध्यान दिएको उल्लेख गर्दे गैरजिम्मेवारपनको परकाष्ठा गरेको भनिएको छ । अहिले जनता अभिभावकविहिन वनेका छन् । सरकारको यस्तो कार्यलाई कुनै पनि हालतमा जनताको लागि सैह्य हुन नसक्ने विज्ञप्तीमा भनिएको छ ।