२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

नयाँ संविधानको पहिलो अभ्यास : आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिने 

सोमवार , बैशाख २७, २०७८

काठमाडौँ, २७ वैशाख । 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रमाणित गर्न आज मतदान हुँदैछ । आज बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनको बैठकमा प्रम ओलीले संसदमा विश्वासको मत माग्ने र मतदान गर्ने कार्यसुची रहेको छ । 
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि आज वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको थियो ।

सांसदहरुलाई मतदान प्रक्रियामा सहभागि हुन पीसीआर परिक्षण अनिवार्य गरिएको छ तर नेगेटिभ पोजेटिभ दुवै परिणाम आएकाले मतदान गर्न पाउनेछन् । नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाउने, पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइने भएको छ । 

यसैबीच नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले कार्यव्यवस्था परामर्श समितिमा आज प्रधानमन्त्रीले आफूमाथि राखेको विश्वासको मतका सम्बन्धमा दलका नेताबाट संक्षिप्त छलफल र धारणा राखेपछि मतदान प्रक्रिया अघि बढाइने निर्णय भएको जानकारी दिएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्शबाट कोभिड–१९ संक्रमित सांसदलाई सुरक्षित वातावरणमा मतदान प्रक्रियामा सहभागी गराइने निर्णय भएको बताएका छन् । हाल कोरोना संक्रमणबाट २८ सांसद प्रभावित भएको बताउँदै दलका नेताको मन्तव्य पनि संक्षिप्त र छोटो गर्ने भन्ने कुरा भएको बताएका छन् ।