२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण

आइतवार , बैशाख २०, २०८३

  • 28
    Shares
  • 28
    Shares
  • काठमाडौं, २० बैशाख । इजरायली रक्षा बल (आईडीएफ) ले शनिवार एक विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा दक्षिणी लेबनानका विभिन्न ५० स्थानमा रहेका हिजबुल्लाहका सैन्य ठेगानाहरूमा आक्रमण गरेको जनाएको छ ।

    सेनाकाअनुसार उक्त हवाई तथा स्थलगत आक्रमणमा आफ्ना सैनिकहरू नजिक सक्रिय रहेका सशस्त्र लडाकूहरू मारिनुका साथै समूहको सैन्य पूर्वाधारहरू समेत ध्वस्त पारिएको छ ।

    आईडीएफले हिजबुल्लाहले इस्रायली सैनिक र सर्वसाधारणमाथि आक्रमण गर्ने उद्देश्यले प्रयोग गर्दै आएका कमाण्ड सेन्टर र विभिन्न सैन्य संरचनाहरूलाई लक्षित गरी कारबाही गरिएको बताएको छ । यसैबीच, दक्षिणी लेबनानमा परिचालित इस्रायली सैनिकहरूलाई लक्षित गरी हिजबुल्लाहले पनि कैयौँ रकेट प्रहार गरेको छ ।

    सेनाका अनुसार ती रकेटहरू मानवबस्ती नभएको खुला क्षेत्रमा खसेका कारण कुनै मानवीय क्षति भएको छैन । पछिल्लो समय इस्रायल र हिजबुल्लाहबीच सीमा क्षेत्रमा तनाव र सैन्य मुठभेड तिब्र हुँदै गएको छ ।