२०८३, कार्तिक १५ गते

Nov 01 2026 | २०८३, कार्तिक १५ गते

समाचारको स्रोत खोज्ने नाममा पत्रकारमाथिको धरपकड निन्दनीय  : पूर्ण बस्नेत

आइतवार , कार्तिक १५, २०८३

  • 43
    Shares
  • 43
    Shares
  • काठमाडौं, १५ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले समाचारको स्रोत खोज्ने नाममा पत्रकारमाथि भएको धरपकड निन्दनीय भएको टिप्पणी गर्नुभएको छ ।

    हालै नेपाल प्रेस, नयाँ पत्रिकालगायतका विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारहरुलाई पक्राउ गरिएको र धरपकड गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै बस्नेतले प्रेस स्वतन्त्रतामाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएको भन्दै उक्त कार्यको निन्दा गर्नुभएको हो । बस्नेतले भन्नुभयो–‘समाचार लेखेकै आधारमा राज्य संयन्त्रबाट भएको यस्तो प्रकारको नियन्त्रण र धरपकड लोकतान्त्रिक मूल्यमान्यता तथा नेपालको संविधानले प्रत्याभूत गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ को ठाडो उल्लंघन हो । सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारका विषयमा चित्त नबुझेमा कानूनी उपचार खोज्ने स्थापित प्रकिया र निकाय छँदाछँदा प्रहरी परिचालन गरेर सञ्चारगृहमा धावा बोल्ने कार्य निन्दनीय र आपत्तिजनक छ ।’

    प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै उहाँले पत्रकार तथा सञ्चारकर्मीलाई स्वतन्त्र र भयरहित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न, प्रेस विरोधी हर्कतहरु बन्द गर्न र प्रेस स्वतन्त्रतको अक्षुण्ण रक्षा गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ ।